२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ राष्ट्रियसभाको बहुमतले पारित गरेको छ । यसअघि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले ऐन संशोधनमार्फत ११ जिल्लामा २१ हजार रोपनी जग्गा नेपाल ट्रष्टको कार्यालयले लिजमा दिएर नीतिगत भ्रष्टाचार गर्न खोजिएको र एक दुई व्यक्तिलाई धनी बनाउन लागिएको आरोप लगाए ।

सांसद प्रकाश पन्थले अपाङ्गता भएकाको अधिकारका बारेमा धेरै कुरा ऐन संशोधनमा छुटेको बताए । अपाङ्गता भएका सांसदको फाइल संसद् सचिवालयमै हराउने गरेको उनले गुनासो गरे । अपाङ्गता भएका सांसदको सहयोगका लागि परिचारकको सुविधा लिएकामा बढी स्वकीय सचिव राखियो भनी प्रचारप्रसार गरिएकामा उनको आपत्ति थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले परिस्थितिजन्य बाध्यताले एकमुष्ट ऐन संशोधनको विधेयक ल्याउनुपरेको बताए । छलफलले विधेयकलाई समृद्ध बनाउन सहयोग पुगेको उनको भनाइ थियो । छपन्न ऐनमध्ये ट्रष्टको कार्यालयसम्बन्धी ऐनका सन्दर्भमा लिजमा दिँदा राष्ट्रिय हित विपरीत हुने गरी नदिइने व्यवस्था गरिएको सुनाए ।

‘ट्रष्टको सम्पत्तिको व्यवस्थापन गर्न सञ्चालक समितिको व्यवस्था गरिएको छ, प्रधानमन्त्रीले तोकेको मन्त्री अध्यक्ष हुने व्यवस्था भएकाले सरकार बेखबर हुँदैन’, उनले भने ।