बुटवल । बुटवलको अमरपथमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
गएराति मुख्य व्यापारिक केन्द्रको विन्ध्यावासिनी फेन्सी पसलमा विद्युत् सर्ट भएर आगलागी भएको जनाइएको छ । आगलागीबाट पसल तथा घरमा सामानहरु जलेर नष्ट भएका छन् ।
त्यस्तै प्रभु बैंकको एटीएम मेसिनमा पनि क्ष्ति पुगेको बताइएको छ ।
आगलागीबाट ठूलै नोक्सान भएपनि क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगलागी राति १० बजेदेखि ुरु भएर दमकलको सहयोगमा दुई घण्टा पछि मात्रै नियन्त्रणमा आएको जनाइएको छ ।







