२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

अ+ अ-

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ ।

जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराएका छन् ।

विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ४१६ घरमा पूर्ण क्षति पुगेको सरकारी तथ्याङ्क छ । तीमध्ये हालसम्म ५२.७५ प्रतिशत लाभग्राहीले नयाँ घर निर्माण गरिसकेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख विकी लाखाले जानकारी दिए ।

उहाँका अनुसार आधाभन्दा बढी लाभग्राहीले सरकारी अनुदान लिएर बनाएको भूकम्प प्रतिरोधात्मक भवनमा बसोबास गर्न थालिसकेका छन् । भूकम्पपीडितमध्ये ६२ हजार ८५२ लाभग्राही ९८२।२५ प्रतिशत० ले आवास निर्माणको जग बसालेर अनुदानको दोस्रो किस्ता रकम लिई घर निर्माणलाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

कूल लाभग्राहीमध्ये ७१ हजार ५२२ लाभग्राहीले घर निर्माणका लागि भूकम्पप्रतिरोधी आवास बनाउन सम्झौता गरेर पहिलो किस्ता रकम लिएको कार्यालय प्रमुख लाखाले जानकारी दिए । “घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिने अधिकांशले पुनःनिर्माण थालिसकेका छन्”, उनले भने, “केहीले बनाउन बाँकी छ, तिनीहरूका लागि ताकेता भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न गराउन सक्ने आशा जगाएको छ ।”

सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र अन्तिम तथा तेस्रो किस्ता एक लाख गरेर तीन चरणमा रु तीन लाख दिँदै आएको छ । रासस