घोडाघोडी महोत्सव हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घोडाघोडी महोत्सव हुने


१९ पुस २०७३, मंगलबार


कैलाली । सिमसार क्षेत्रमा सूचिकृत कैलालीको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र घोडाघोडीमा महोत्सव आयोजना गरिने भएको छ । कृषि, पर्यटन, संस्कृति र व्यापार, समृद्ध घोडाघोडी विकाशको आधार भन्ने मूल नाराका साथ माघ ६ देखि १६ गतेसम्म हुन लागेको महोत्सवको तीव्र पारिएको आयोजकले जनाएको छ  ।

महोत्सवका लागि स्टल वुकीङलगायका कार्यहरु भइरहेको आयोजक घोडाघोडी उद्योग वाणिज्य सङ्घले जनाएको छ । कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको पर्यटन, कृषि, व्यापार, खाद्यान्न उत्पादनको सम्भानालाई उजागर गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको सघंका अध्यक्ष चन्द्रप्रकाश चौलागाइँले बताउनुभयो ।

बढीमा दुई सय स्टल रहने महोत्सवमा डेढ देखि दुई करोड रुपियाको बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष चौलागाइँले बताउनु भयो । महोत्सव आयोजनाका लागि २५ देखि ३० लाख रुपिया अनुमानित खर्च हुने आयोजकले जानकारी दिएको छ ।

घोडाघोडी उद्योग वाणिज्य सघंको आयोजना हुने महोत्सवमा स्थानीय राजी, थारु समुदायको सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी सिमसार क्षेत्र अन्तर्गत घोडाघोडी सहित ठूला साना गरी २० वटा ताल पर्दछन् । घोडाघोडी सिमसार कैलालीको प्रमुख पर्यटकी क्षेत्र रहे पनि यसको प्रचार प्रसार व्यापक रुपमा हुन नसकेको घोडाघोडी उद्योग वाणिज्य सघंको ठहर छ ।

प्रतिक्रिया दिनुहोस