२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

अ+ अ-

रियो डे जानेरो । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको छ ।

अझै पनि उक्त दुर्घटनामा परेका १५५ व्यक्ति बेपत्ता रहेका नागरिक प्रतिरक्षा विभागले बुधबार जानकारी दिएको छ । शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो ।

बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १६६ पुगेको र अझै पनि १५५ बेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । यस घटनामा परी मारिएका मध्ये १६० जनाको परिचय खुलेको बताइएको छ ।

शुरुमा यस घटनामा फसेका करिब १९२ जनालाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताएका थिए । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका हजारौको सङ्ख्यामा सर्वसाधारण प्रभावित भएका थिए ।

बाँध भत्किएको यस इलाकामा ३२७ अग्नीनियन्त्रक र उद्धारकर्ताले ४३ ओटा भीषण मेशिनको प्रयोग गर्दै अझै पनि लगातार उद्धारकार्यमा जारी राखेका बताइएको छ ।

उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताएका छन् । यहाँको एक ठूलो बाँध फुटेर एक्कासी शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो ।

प्रतिक्रिया दिनुहोस