२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तला उत्पादनबाट पर्वतमा रु ६ करोड भित्रियो

अ+ अ-

पर्वत । यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् ।

सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ ।

बाँसखर्कबाट रु साढे २ करोड, देउपुरबाट रु एक करोड, फलेवासबाट रु एक करोड र महाशीला गाउँपालिकाबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

गत वर्षको तुलनामा सुन्तलाको क्षेत्रफल विस्तार र मूल्य बढेका कारण यस वर्ष कृषकले राम्रो मूल्य पाएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए । जलजला गाउँपालिका–१ बाँसखर्कका २६१ घरमध्ये २०० बढी घरपरिवारले व्यावसायिक रूपमै सुन्तला खेती गरेका छन् ।

पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन वर्षेनी बढ्दै गएको कृषक भक्तबहादुर पाइजाले बताए ।

अहिले बोटमै रु १०० देखि १२० प्रतिकिलोको दरमा सुन्तला बिक्री भएको पाइजाले बताए । देउपुरका करीब ७० परिवारका किसानले व्यावसायिक सुन्तला उत्पादन गर्छन् । अघिल्ला वर्षमा मङ्सिरमै सुन्तला बिक्री गर्ने देउपुरका किसानले यो वर्ष माघको पहिलो सातामा मात्रै सुन्तला टिपे ।’यो सिजनमा देउपुरवासीले रु ७० देखि ९० प्रतिकिलोमा बिक्री गरेको अगुवा कृषक दाताराम चापागाईले जानकारी दिए ।

त्यस्तै फलेबास नगरपालिकाको पाङराङ, कुर्घा लगायतबाट समेत करीब रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको किसानले बताएका छन् । पाङराङका किसान ताराबहादुर मल्लका अनुसार कर्नास र पाङराङका करीब १०० परिवारले व्यावसायिक रूपमा सुन्तलाको खेती गर्दै आएका छन् । त्यस्तै महाशिला गाउँपालिका २, ३ र ४ का भोक्सिङ, पाखापानी र बालाकोटमा पनि यो वर्ष करीब रु एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

भोक्सिङका जितबहादुर गुरुङका अनुसार सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानले सुन्तला उत्पादक कृषि सहकारीसमेत स्थापना गरेका छन् । बाँसखर्कका किसानले बजारमारे सुन्तला उत्पादन सहकारी र देउपुरका किसानले माछापुछ्रे सुन्तला उत्पादक कृषि सहकारी स्थापना गरेका छन् ।

उनीहरुले प्रतिकिलो रु दुईदेखि १० सम्म सहकारीका लागि छुट्याइने गरेको कृषकले बताए । त्यसवापत भएको आम्दानीबाट सुन्तलाखेती विस्तार, आवश्यक मेशिन र उपकरण खरीद तथा रोगकिराविरुद्धको उपचारमा खर्च गर्दै आएका छन् । सुन्तलाको खेती विस्तार गर्न चालु वर्षदेखि बाँसखर्क सुन्तला जोन क्षेत्रमा परको छ ।

बाँसखर्कसहित म्याग्दी र बागलुङका केही स्थानीय तह समेटिएको जोन एकाइ कार्यालयसमेत स्थापना भएको छ । कार्यालयका प्रमुख बमबहादुर थापाका अनुसार बाँसखर्कमा सुन्तलाको खेती विस्तार गर्ने कार्यक्रम यसै वर्षदेखि शुरु भएको छ । फलेवासको पाङराङ र कुर्घा, मोदी गाउँपालिका–२ देउपुर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट क्षेत्रमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस