३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुत्केरीले यातायात खर्च पाएनन्

अ+ अ-

फिदिम । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सकेनन् ।

नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ भन्ने सुनेका लकान्द्रीलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पछि सम्पर्क गरेर उक्त रकम दिने भनेका थिए ।

लकान्द्रीजस्तै पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराएका महिलाले यातायात खर्चबापतको रकम पाउन छाडेको दुई महीना बित्यो । प्रदेश सरकारले पर्याप्त बजेट निकासा नगर्दा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउने आमाले विगत दुई महीनादेखि यातायात खर्चबापतको रकम पाउन सकेका छैनन् ।

नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार ४०० यातायात खर्च प्रदान गर्ने गर्दथ्यो । चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत सरकारले उक्त यातायात खर्च दोब्बर पारिएको घोषणा गर्‍यो । सोहीअनुसार स्वास्थ्य संस्थामा परिपत्रसमेत जारी गर्‍यो तर, घोषित नीतिअनुसार बजेट निकासा नहुँदा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउन आउने महिलाले गत मङ्सिरदेखि यातायात खर्चबापतको रकम प्राप्त गर्न नसकेको पाँचथर जिल्ला अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेण्ट डा वुद्धिबहादुर थापाले जनाए ।

माथिल्ला निकायको परिपत्रअनुसार अस्पतालले गत साउनदेखि अस्पतालमा सुत्केरी गराउन आँउने महिलालाई रु दुई हजार ८०० यातायात खर्च वितरण गर्न थालेको थियो पछि निकासा हुने विश्वासमा अस्पताल विकास समितिको बजेटबाट समेत सुत्केरीलाई यातायात खर्च वितरण गरिएको थियो । अस्पतालले चालू आवको साउन, भदौ, असोज र कात्तिक महीनामा सुत्केरी गराएबापत महिलालाई रु दुई हजार ८०० का दरले रकम वितरण गरेको थापाले बताए । प्रदेशबाट विनियोजित बजेट सकिएपछि मङ्सिरदेखि सुत्केरी आमालाई यातायात खर्च प्रदान गर्न नसकिएको थापाको भनाइ छ ।

पाँचथर जिल्ला अस्पताल वितगदेखि नै प्रसूति र महिला स्वास्थ्य सेवाका लागि चर्चित छ । विगतमा डा पवनजङ्ग रायमाझी, डा पवनकुमार शाहलगायत चिकित्सकले सेवा दिएको अस्पतालमा अहिले महिला तथा प्रसूतिसम्बन्धी विशेषज्ञ डा वुद्धिबहादुर थापाले सेवा दिइरहेका छन् । यहाँ मासिक ९० देखि १०० महिला सुत्केरी गराउन आउने गरेको डा. थापाले बताए । जसमध्ये १५ देखि २० को अस्पतालमै शल्यक्रिया हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस