२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै

अ+ अ-

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

फाउन्डेसनले जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय भएको बताइएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई पछिल्लो राजनीतिक परिस्थितिका कारण अर्थपूर्ण रूपमा हेरिएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू उपस्थित हुने भएका छन् ।

फाउण्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा एमाले अध्यक्ष ओली, नेकपा संयोजक ‘प्रचण्ड’, नेता नेपाल, झलनाथ खनाल र जसपाका अध्यक्ष यादवले सम्बोधन गर्नेछन् ।

0 Comments