२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

अ+ अ-

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न सरोकार भएकालाई अनुरोध गरेको छ । 

परिषद्ले आज विज्ञप्ति जारी गरी बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न तथा खेलमार्फत बाल अधिकारको सम्मान र सुनिश्चितता लागि थप सक्रिय हुन पनि अनुरोध गरेको हो ।

अन्तर्राष्ट्रिय खेल दिवसका अवसरमा आफ्नो धारणा व्यक्त गर्दै परिषद्ले भनेको छ, “संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ तथा नेपालको संविधान, २०७२ र बालबालिकासम्बन्धी ऐन, २०७५ ले सुनिश्चित गरेको बालबालिकाको विश्राम, मनोरञ्जन र खेलको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न परिवार, विद्यालय, समुदाय तथा राज्यका सबै तहको साझा प्रतिबद्धता र सार्थक रूपमा कार्यान्वयनको आवश्यकता छ ।” 

खेल खेल्न तोकिएका स्थान तथा विद्यालयमा सुरक्षित, सम्मानजनक र समावेशी अभ्यासको वातावरणले बालबालिकाविरुद्धको हिंसा, बाल यौन दुर्व्यवहार, विभेद तथा शोषणबाट बालबालिका सुरक्षित हुन तथा उनीहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने परिषद्को भनाइ छ । 

परिषद्ले सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, समुदाय, विद्यालय, स्थानीय तह तथा सरोकार भएका निकाय तथा संस्थालाई बालबालिकाको संवैधानिक र कानुनी रूपमा खेल्न पाउने अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न पनि आह्वान पनि गरेको छ । 

“खेल बालबालिकाको आधारभूत अधिकार मात्र नभई उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागितासम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयनको महत्त्वपूर्ण माध्यम हो”, परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ, “खेलले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक तथा भावनात्मक विकासमा सकारात्मक योगदान पुर्‍याउनुका साथै उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील, क्रियाशील र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउँछ ।” 

0 Comments