२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड

अ+ अ-

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले संघीय संरचना, समावेशिता तथा क्षेत्रीय मुद्दासम्बन्धी विषयहरू समेटिएको ११ बुँदे मागपत्र प्रधानमन्त्रीसमक्ष पेश गरेको छ।

काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनपछि पार्टीका प्रतिनिधिहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर मागपत्र बुझाएका हुन्। सो क्रममा तराई-मधेशका विषय तथा नागरिकका जीविकोपार्जनसँग जोडिएका समस्यालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको पार्टीले जनाएको छ।

मागपत्रमा विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, राज्यका सुरक्षा निकायहरूमा समावेशिता सुनिश्चित गर्नुपर्ने तथा प्रदेशलाई पूर्ण स्वायत्त संरचनाको रूपमा विकास गर्नुपर्ने विषयहरू समेटिएका छन्। साथै प्रहरी प्रशासनलाई प्रदेश सरकारको मातहतमा राख्ने व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्ने तथा प्रदेश सीमांकनमा आवश्यक सुधार गर्नुपर्ने विषयलाई पनि प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ। पार्टीले यी विषयहरू दीर्घकालीन संघीय व्यवस्थापन र क्षेत्रीय सन्तुलनका लागि आवश्यक रहेको दाबी गरेको छ।

0 Comments