२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) ले कायम राखेको उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहजीकरण गर्न ईयू सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित ईयू सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री खनालले नेपालको नागरिक उड्डयन सुरक्षामा पछिल्ला वर्षहरूमा भएको सुधार र प्रगति ध्यानमा राखेर उक्त सूची पुनरावलोकन गर्नुपर्ने धारणा राखेका हुन्।

भेटमा मन्त्री खनालले नेपाल र ईयूबीचको विकास साझेदारीलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले सरकारको प्रमुख प्राथमिकताका रूपमा तीव्र आर्थिक वृद्धि, प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति रहेको जानकारीसमेत प्रतिनिधिमण्डललाई गराए।

साथै, लगानी प्रवर्द्धन, निर्यात प्रतिस्पर्धा सुधार र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर अघि बढाइएका आर्थिक सुधारका प्रयासबारे जानकारी दिँदै उनले जलविद्युत्, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा थप लगानी विस्तार गर्न ईयू मुलुकहरूलाई आह्वान गरे।

उक्त अवसरमा नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति युरोपेली संघ सदस्य राष्ट्रहरूको समर्थन पुनः पुष्टि गर्ने उद्देश्यले यो भ्रमण गरिएको बताइन्। उनले ई-गभर्नेन्स र डिजिटलाइजेसनलगायत क्षेत्रमा अनुभव आदान-प्रदान गर्दै नेपाल-ईयू सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारिन्।

0 Comments