२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरा घटनाका घाइतेको उपचार प्रदेश सरकारले गर्ने

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको हिमाली गाउँपालिका-३ च्याचौर क्षेत्रमा भएको झडपमा घाइते भएकाहरूको उपचारको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन्।

नेपाली काँग्रेसको एकता तथा संगठन सुदृढीकरणसम्बन्धी सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले घटनाबाट प्रभावित व्यक्तिहरूको उपचार, राहत तथा क्षतिपूर्तिका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका हुन्। उनले क्षतिको विस्तृत विवरण प्राप्त भएपछि आवश्यक व्यवस्थापन गरिने स्पष्ट पारे।

मुख्यमन्त्री शाहका अनुसार घटनामा संलग्न दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउन प्रहरी प्रशासन परिचालित भइसकेको छ। उनले अवरुद्ध बनेको कर्णाली करिडोर तत्काल सञ्चालनमा ल्याउन स्थानीयवासीसँग सहयोगको अपिल पनि गरेका छन्।

गत जेठ २ गते हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि झडप भएको थियो। उक्त घटनामा हुम्लाबाट आएका स्थानीयसँगको विवादमा बाजुराका ६ जना घाइते भएको जनाइएको छ।

घटनापछि स्थानीय युवा समूहले गाउँपालिकाको केन्द्र धुलाचौर क्षेत्रमा कर्णाली करिडोर अवरुद्ध गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा भएको सर्वपक्षीय छलफलबाट सडक सञ्चालनमा ल्याइएको थियो।

छलफलपछि घटनाको छानबिन गर्ने, लुटिएका सार्वजनिक तथा व्यक्तिगत सामग्री फिर्ता गराउने, घाइतेको उपचार सुनिश्चित गर्ने तथा विस्थापित स्थानीयको सुरक्षाको प्रत्याभूति दिलाउनेलगायत विभिन्न विषयमा सहमति भएको थियो। तर, सहमतिअनुसार माग कार्यान्वयन नभएको भन्दै स्थानीयवासी र युवाहरूले पुनः सडक अवरुद्ध गरेको जनाइएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि उक्त क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। सो रकम हिमाली गाउँपालिकामार्फत खर्च हुने गरी निर्माण प्रक्रिया अघि बढाइएको प्रदेश सरकारको भनाइ छ।

मुख्यमन्त्री शाहले विवादित क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रशासनिक क्षेत्रभित्र पर्ने उल्लेख गर्दै विनियोजित बजेट कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

0 Comments