२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

अ+ अ-

मुस्ताङ । पछिल्लो चार वर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्यांकअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो ।

कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् ।

मानव–वन्यजन्तु द्वन्द्वका कारण यहाँको परम्परागत पशुपालन व्यवसाय संकटमा पर्न थालेको स्थानीय बताउँछन् । हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा क्षति हुन थालेपछि परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्न थालेको किसान बताउँछन् । 

हालसम्म तीन पालिकाका ६८ परिवार घरधुरीका २३९ वटा पशुधनमा हिउँ चितुवा, चितुवा र ब्वाँसोले क्षति पुर्‍याएको एक्यापका प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार पछिल्लो चार आर्थिक वर्षमा वन्यजन्तुका कारण १२ याक, सात चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ वटा घोडा मरेका छन् भने बाँकी अरु पशुधन रहेका छन् ।

यहाँका तीन गाउँपालिकाअन्तर्गत पहिलो आव २०७९/८० मा ३१, आव २०८०/८१ मा ५६, आव २०८१/८२ मा ८६ र चालु आवको वैशाखसम्म ६६ वटा पशुधनमा वन्यजन्तुले क्षति पुर्‍याएका एक्याप प्रमुख गुप्ताले जानकारी दिए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु क्षति राहत निर्देशिका, २०८० अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुबाट क्षति भएका पीडित किसानलाई क्षतिपूर्तिबापत राहत रकम उपलब्ध गराउँदै आइरहेको छ । उक्त निर्देशिका अनुसार याकचौँरी, घोडा र खच्चडको बढीमा रु ६० हजार र भेँडाच्याङ्ग्राको बढीमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउने गरिएको एक्याप जोमसोमका प्रमुख गुप्ताले बताए।

एक्याप जोमसोमले यहाँका तीन पालिकाका पीडित किसानलाई चार आर्थिक वर्षमा पशुधन क्षतिबापत रु २५ लाख २१ हजार राहत हस्तान्तरण गरिसकेको उनले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाखसम्मको क्षतिपूर्तिबापतको रु पाँच लाख २९ हजार सम्बन्धित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको छ ।

यसैगरी एक्याप संरक्षित उपल्लो मुस्ताङमा पनि एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट भएका पशुधन क्षतिको राहत उपलब्ध गराएको छ । तीन आवमा रु ४५ लाख ९९ हजार पीडित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण उच्चलेक, खर्क र पाटनमा पानीका स्रोत घट्दै जानु, चरन क्षेत्रमा घाँस पलाउन कम हुनु र जंगली जनावर तथा हिउँ चितुवा आहारा प्रजाति पछ्याउँदै स्ती नजिक झर्नुलगायत कारणले यहाँका पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेका एक्याप प्रमुख गुप्ताले बताए। जलवायु परिवर्तनका कारण हिउँ चितुवालगायत जंगली वन्यजन्तु आहार पछ्याउँदै बस्तीमा देखा पर्न थालेकाले जोखिम थप बढ्दै गएको उनको भनाइ छ ।

यहाँका पशुपालक किसानको पशुचौपाया पालन गर्ने गोठ र खोरहरू गुणस्तरीय र दिगो भौतिक संरचना नहुँदा पनि वन्यजन्तुले पशुधनमा क्षति पुर्‍याउने क्रम बढेको एक्याप कार्यालयले जनाएको छ ।  

0 Comments