२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा-मुग्लिङ सडक आयोजनाको प्रगति बुझ्न मन्त्री लम्सालद्वारा स्थलगत निरीक्षण

अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । निर्माण कार्यमा देखिएको ढिलाइ तथा विभिन्न अवरोधबारे प्रत्यक्ष जानकारी लिन उनी आयोजनास्थल पुगेका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो समय सडक निर्माणको गति प्रभावित हुनुका कारणबारे वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको हो ।

पश्चिम एसियामा विकसित भइरहेको द्वन्द्वका कारण बिटुमिन तथा पेट्रोलियमजन्य सामग्रीको आयात प्रभावित हुँदा सडक निर्माणमा असर परेको बताइएको छ । त्यसको प्रभाव नागढुंगा-मुग्लिङ सडक खण्डसहित देशका अन्य सडक आयोजनाहरूमा पनि देखिएको सम्बन्धित निकायको भनाइ छ ।

बिटुमिन र इन्धन अभावले कतिपय आयोजनाको काम सुस्त बनेको तथा केही स्थानमा निर्माण कार्य नै अवरुद्ध भएको अवस्था रहेको जनाइएको छ ।

त्यसैगरी स्थानीय तहमा देखिने अवरोध, ढुंगा, गिटी र बालुवाजस्ता निर्माण सामग्रीको सहज आपूर्ति हुन नसक्नु पनि परियोजना प्रभावित हुनुका कारणका रूपमा उल्लेख गरिएको छ ।

निर्माण व्यवसायीहरूले यस्ता समस्याबारे पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि पर्याप्त सम्बोधन नभएको गुनासो गर्दै आएका थिए ।

यही पृष्ठभूमिमा आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका उपाय खोज्न मन्त्री लम्सालले प्रत्यक्ष अनुगमनलाई प्राथमिकता दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

0 Comments