काठमाडौँ। विरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि केही विपक्षी पार्टीहरूले बैठक बहिष्कार गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरूले भने उभिएर विरोध जनाइरहे पनि अर्थमन्त्री वाग्लेले जवाफ दिएका छन् ।
विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै आएका थिए ।







