२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ मिनेटका लागि स्थगित गरिएको संसद् बैठक अझै सञ्चालन हुन सकेन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा भए पनि एक घण्टाभन्दा बढी समयसम्म पुनः सञ्चालन हुन सकेन।

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह स्वयं उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान लिएपछि सदनमा अवरोध उत्पन्न भएको थियो। त्यसपछि सभामुख डिपी अर्यालले बैठक केही समयका लागि स्थगित गरेका थिए।

संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने विपक्षी दलहरूको माग रहेको छ। तर प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ प्रस्तुत गर्ने तयारी भएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन्।

शून्य समय समाप्त भएपछि सभामुखले अर्थमन्त्रीलाई बोल्न समय दिए लगत्तै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा तथा श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर आपत्ति जनाएका थिए। उनीहरूले प्रधानमन्त्री संसद्प्रति प्रत्यक्ष रूपमा जबाफदेही हुनुपर्ने धारणा राख्दै सदनमा प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग गरेका थिए।

यता सत्तापक्षका सांसदहरूले प्रतिनिधि सभा नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री अनुपस्थित हुन सक्ने अवस्थामा तोकिएको मन्त्रीले सरकारको तर्फबाट छलफलमा सहभागी हुन र जवाफ दिन सक्ने व्यवस्था रहेको तर्क गरेका थिए।

विपक्षी सांसदहरूले भने उक्त व्यवस्थालाई निरन्तर प्रयोग गरेर प्रधानमन्त्रीलाई सदनबाट टाढा राख्न नहुने बताएका छन्।

विवाद बढेपछि सभामुख अर्यालले बैठक स्थगित गर्दै दलका नेता, प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल अघि बढाएका छन्।

0 Comments