२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, २७ घाइते मध्ये ४ को अवस्था गम्भीर

अ+ अ-

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ स्थित कुरुलेफाँट क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ भने २७ जना यात्रु घाइते भएका छन्। प्रारम्भमा दुई जनाको घटनास्थलमै मृत्यु भएकोमा थप दुई जनाको उपचारका क्रममा निधन भएपछि मृतक संख्या बढेको प्रहरीले जनाएको छ।

सन्धिखर्क–तानसेन (पाल्पा) सडक खण्ड अन्तर्गत भएको उक्त दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूको हाल लुम्बिनी मेडिकल कलेज प्रभास र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा कास्की पोखरा महानगरपालिका–१९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र बस चालक पर्वतकै ४५ वर्षीय रमेश जिसी रहेका छन्।

दुर्घटनामा परेका अधिकांश यात्रु पर्वतको मोदी गाउँपालिकाका रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनापछि अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचार गरिएका केही घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ।

सुपा देउराली दर्शन गरेर पर्वततर्फ फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार बसको ब्रेक फेल भई नियन्त्रण गुम्दा सवारी सडकबाट करिब १०० मिटर तल खसेको देखिएको छ।

घटनाको विस्तृत कारण र अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments