२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक समस्या देखिँदा देशभर राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक गडबडीका कारण देशभर परिचयपत्रसम्बन्धी सेवा रोकिएको जनाएको छ।

विभागले मंगलबार जारी गरेको सूचनामा प्रणाली मर्मतको काम जारी रहेकाले सेवा तत्काल सुचारु हुन नसक्ने स्पष्ट पारेको हो।

गत वैशाख २१ गतेदेखि प्रणालीमा समस्या देखिएपछि नयाँ दर्ता (इनरोलमेन्ट) प्रक्रियामा जारी हुने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसकेको विभागले जनाएको छ। यसअघि वैशाख २३ गते नै समस्या समाधानका लागि मर्मत भइरहेको जानकारी सार्वजनिक गरिएको थियो।

तर हालसम्म प्राविधिक समस्या समाधान नभएकाले सेवा प्रवाह प्रभावित भइरहेको छ।

विभागले देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा नारायणहिटी दरबार संग्रहालय परिसरस्थित परिचयपत्र इकाइलगायत सबै सेवा केन्द्रलाई पत्राचारमार्फत सेवा अवरुद्ध रहेको जानकारी गराइसकेको छ।

सूचनामा प्रणाली मर्मत कार्य जारी रहेको र मर्मत पूरा नभएसम्म नयाँ दर्ता कार्य सञ्चालन गर्न नसकिने उल्लेख छ। विभागले सेवा पुनः सञ्चालन भएपछि अर्को सूचनामार्फत जानकारी गराइने पनि स्पष्ट पारेको छ।

0 Comments