२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् ।

समितिका सदस्यहरूले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

बैठकमा समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा तीन हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाले सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सांसद बासना थापाले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए । उनले कर्णाली प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएपछि दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै त्यसले जनजीवनमा पारेको प्रभावको समेत मूल्यांकन हुनुपर्ने बताए ।

सांसद राजेन्द्रकुमार राईले मोबाइल फोन प्रयोग तथा सवारी चलाउँदा संगीत सुन्ने प्रवृत्तिका कारण पनि सडक दुर्घटना बढिरहेको बताए । उनले चालकको अनुशासन र सचेतनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सडक सुधारका लागि विशेष पहल आवश्यक रहेको बताए । उनले निगरानी प्रविधिमा लगानी गर्न सके सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । सांसद शर्माले कर्णाली क्षेत्रमा रात्रिकालीन यातायात सञ्चालनका लागि सडक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद आशा झाले सडक निर्माणका काम समयमै सम्पन्न हुनुपर्ने बताए । त्यसैगरी, सांसद राजु पाण्डेले सडक सुरक्षासम्बन्धी कानुन कार्यान्वयनको अवस्थाबारे समग्र मूल्यांकन आवश्यक रहेको बताए । उनले जनशक्ति मात्रै बढाउनुभन्दा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिरोका कारण सडक सुरक्षामा थप चुनौती देखिएको बताए । उनले सडक किनारमा राखिने विज्ञापन सामग्रीले समेत दुर्घटना बढाउने गरेको उल्लेख गर्दै स्थानीय सडक सञ्जाल व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

विषयविज्ञ भगवती सेढाइले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुले समेत हेल्मेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए। उनले मापदण्डअनुसारका गुणस्तरीय हेल्मेटको प्रयोग सुनिश्चित गर्न पहल आवश्यक रहेको धारणा राखे ।

उनले सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गर्नुपर्ने तथा सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा परिषद्’ गठन गर्न आवश्यक रहेको बताए ।

0 Comments