२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्रालय अन्तर्गतका निकायमा रोस्टर सूची खुला, जेठ ४ गतेसम्म आवेदन दिन सकिने

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायहरूमा रिक्त पदमा पदपूर्ति, नियुक्ति तथा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइन फाराममार्फत २०८३ जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि मन्त्रालयले लिंक तथा क्यूआर कोडसमेत उपलब्ध गराएको छ ।

सूचनाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लगायत मन्त्रालयअन्तर्गतका विभिन्न निकायका लागि रोस्टर सूची तयार गर्न लागिएको हो । यसमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल होटेल, पर्यटन तथा पर्वतीय प्रतिष्ठान, सांस्कृतिक संस्थान, तारागाउँ विकास समिति, देवघाट क्षेत्र विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन संग्रहालय विकास समिति तथा हनुमानढोका दरबार संग्रहालय विकास समितिलगायत समावेश छन् ।

मन्त्रालयले सम्बन्धित निकायहरूमा आवश्यकताअनुसार पदपूर्ति तथा मनोनयन प्रक्रियालाई व्यवस्थित बनाउन रोस्टर सूची तयार गर्न लागिएको जनाएको छ । आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

0 Comments