२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्र बनाउन एक लाख पचासी हजारभन्दा बढीको विवरण दर्ता

अ+ अ-

काठमाडौँ । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ । 

जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विसं २०७६ साउन ३ गतेदेखि विवरण दर्ता सुरु गरिएको थियो । 

हालसम्म ९१ हजार तीन पुरुष र ९४ हजार ४२ महिलाले वितरण दर्ता गराएका राष्ट्रिय परिचयपत्र वितरण शाखा खाँदवारिकी प्रमुख प्रमुख आशा जबेगुले जानकारी दिइन् । तीमध्ये २५ हजार कार्ड छपाइ भएका र १० हजार ७६१ जनाले कार्डसमेत पाइसकेको उनले बताइन् । 

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश कोशी प्रदेशका सङ्खुवासभा र झापाबाट दर्ता संकलन सुरु गरेको थियो । 

राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर घुम्ती शिविरमार्फत समेत दर्ता संकलन गरिएको थियो ।

स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र दर्ता संकलनको सङ्ख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताइन् । 

परिचयपत्र बनाउन नागरिकता, विवाह दर्ता, बसाइसराइ कागजको सक्कल अनिवार्य गरिएको छ ।  विवरण दर्ता गराइए पनि कार्ड छपाइ प्रक्रिया सुस्त हुँदा जिल्लामा २०७७ असोजदेखि कार्ड नआएको जनाइएको  छ ।

0 Comments