२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ विधेयकको मस्यौदा तयार, अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने

अ+ अ-

एजेन्सी । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । 

मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ। 

तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ ।

इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा भने, “विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानुन’ को रूपमा पारित गरिनेछ।” 

उनले भने, “विधेयक तयार छ र विदेश मन्त्रालय र बन्दरगाह र समुद्री संगठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग श्रृंखलावद्धरूपमा बैठकहरू गरी छलफल गरिएको छ ।

अजिजीले यसअघि बिहीबार भनेका थिए, “इरानले हर्मुजको जलमार्गमा सधैँ सुरक्षित र स्वतन्त्र आवागमन सुनिश्चित गर्न प्रयास गरेको छ। अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड भएको छ ।” 

यो विधेयकको उद्देश्य इरानको सार्वभौमिकतालाई बलियो बनाउनु हो । उनले भनेका छन्, “इरानी संसदको यो विधेयक ‘स्ट्रेट अफ हर्मुज’मा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो । इरान सधैँ यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको छ।” 

अमेरिकी सेनाको उपस्थिति र इजरायलको गतिविधिलाई यस क्षेत्रमा अस्थिरताको मुख्य कारण भएको उनले बताए । उनले भने, “विदेश मन्त्रालय र बन्दरगाह सङ्गठनजस्ता सम्बन्धित निकायसँग व्यापक छलफल गरेर विधेयकलाई अन्तिम रूप दिइएको छ।”

इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार शुक्रबार स्ट्रेट अफ हर्मुजमा इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडप भएको थियो । 

0 Comments