२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रमुखको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अ+ अ-

काठमाडौँ । घुस-रिसवत आदानप्रदानमार्फत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा विशेष अदालतले दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतसहितका प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत घुस–रिसवत सम्बन्धी कसुरमा अनुसन्धान तथा अभियोजन गरिएको थियो। सो क्रममा करिब ९ करोड २२ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको थियो।

उक्त मुद्दामा भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबरको जरिवाना तथा अतिरिक्त सजायको मागदाबी गरिएको थियो। साथै, गैरकानुनी स्रोतबाट प्राप्त रकम तथा सम्पत्ति लुकाउने कार्यमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत स्थापित भएको दाबी गरिएको थियो।

आयोगले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम करिब १३ करोड १२ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी सम्बन्धित सम्पत्ति जफत तथा असुल उपर गर्न माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो।

विशेष अदालतले मिति २०८२ असार ६ गते आंशिक सफाइ दिने निर्णय गरेपछि उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै आयोगले मिति २०८३ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ।

आयोगले मुद्दामा कानुनी व्याख्या र सजाय निर्धारणका पक्षमा उच्च अदालतको पुनरावलोकन आवश्यक रहेको दाबी गरेको छ।

0 Comments