२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमालयन इन्भेस्टमेन्ट बैंकरका सिइओ राणा बर्खास्त

अ+ अ-

काठमाडौँ । हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमेर शमशेर ज.ब. रा.लाई पदबाट हटाइएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले उनलाई सोही दिनदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राणामाथि अनुसन्धान गरिरहेका छन् ।

राणामाथि वित्तीय कारोबार, लगानी व्यवस्थापन तथा सम्भावित शंकास्पद आर्थिक गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार व्यवसायी दीपक भट्टसँग सम्बन्धित सेयर कारोबारमा जोडेर अनुसन्धान प्रक्रिया अघि बढेपछि उनलाई पदबाट हटाइएको जनाइएको छ ।

दीपक भट्ट र सुलभ अग्रवाललगायतलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । हिमालयन इन्भेस्टमेन्ट बैंक र हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित विभिन्न कम्पनीहरू पनि छानबिनको दायरामा परेको बताइएको छ ।

हिमालयन इन्भेस्टमेन्ट बैंकरले मर्चेन्ट बैंकिङअन्तर्गत सेयर रजिस्ट्रार सेवा, लगानी व्यवस्थापन, अन्डरराइटिङ, डिपोजिटरी सहभागी सेवा लगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीका रूपमा सञ्चालनमा छ ।

पछिल्लो समय वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरण, शंकास्पद कारोबार तथा वित्तीय अनुशासनसम्बन्धी निगरानी कडा बनाइँदै जाँदा उच्च तहका बैंक तथा वित्तीय संस्थाका अधिकारीमाथि अनुसन्धानका घटना बढ्दै गएको देखिएको छ ।

0 Comments