२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोहलपुर नगरको बस्ती हटाउने सूचनाप्रति रास्वपाको आपत्ति, वैकल्पिक व्यवस्थाको माग

अ+ अ-

काठमाडौँ । संघीय सरकारको निर्देशनपछि बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने भन्दै जारी गरेको १० दिने अल्टिमेटमसम्बन्धी सूचनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असन्तुष्टि जनाएको छ।

रास्वपाको कोहलपुर नगर समितिले वैकल्पिक आवासको सुनिश्चितता बिना बस्ती हटाउने प्रक्रिया अघि बढाइएको भन्दै त्यसप्रति गम्भीर आपत्ति प्रकट गरेको हो।

नगर समितिका सचिव देविन सुवेदीले जारी गरेको विज्ञप्तिमा उक्त सूचनाले नागरिकको आवास अधिकार र मानवीय संवेदनशीलतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ।

समितिले सो विषयमा तीन बुँदे मागसहित सम्बन्धित नगरपालिकामा ज्ञापन पत्र पनि बुझाएको जनाएको छ।

रास्वपाले वास्तविक सुकुमबासीको वैज्ञानिक पहिचानपछि मात्र आवश्यक व्यवस्थापन सुनिश्चित गर्दै स्थानान्तरण प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेको छ। साथै, पर्याप्त समय दिई वैकल्पिक आवासको व्यवस्था नगरी गरिने कुनै पनि कारबाही पुनर्विचार गर्नुपर्ने माग गरिएको छ।

नगरपालिकाले जारी गरेको सूचनालाई लिएर उत्पन्न विवादसँगै बस्ती व्यवस्थापन र नागरिक अधिकारबीच सन्तुलन कायम गर्नुपर्ने विषय पुनः बहसमा आएको छ।

0 Comments