२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीतिगत विकृति अन्त्य गर्न सरकार सक्रिय रहेको अर्थमन्त्री वाग्लेको दाबी

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा देखिएका संस्थागत प्रभाव, नीतिगत अनियमितता तथा राज्य संरचनामाथिको सीमित समूहको नियन्त्रण अन्त्य गर्ने दिशामा सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले अघिल्ला वर्षहरूमा भएका आर्थिक दोहन, अनियमितता र राज्य स्रोतको दुरुपयोगसम्बन्धी प्रतिवेदन अध्ययन गर्दा गम्भीर चिन्ता उत्पन्न हुने गरेको बताए। नेपालका जनताको हितविपरीत भएका कार्यले आफूलाई स्तब्ध बनाउने उनको भनाइ थियो।

उनले सीमित प्रभावशाली समूहको राजनीतिक तथा प्रशासनिक पहुँच, नीतिगत मिलेमतो र केही व्यावसायिक तथा राजनीतिक पात्रबीचको अस्वस्थ सम्बन्ध अब दीर्घकालीन रूपमा अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे। वर्तमान सरकारले स्वच्छ र पारदर्शी शासनको सन्देश दिन खोजिरहेको उनले बताए।

अर्थमन्त्री वाग्लेले विगतका त्रुटि वा गैरकानुनी अभ्यासलाई निरन्तरता नदिन निजी क्षेत्रलाई आग्रह गर्दै अनियमिततामा संलग्न व्यक्तिको संरक्षण नगर्न सचेत गराए।

उनका अनुसार सुधारको प्रक्रिया केही पक्षका लागि असहज हुन सक्ने भए पनि विधि, नीति र कानुनी संरचनामा रहेका जटिलताले इमानदार व्यवसायीले दुःख पाएको गुनासो सम्बोधन गर्न सरकार अग्रसर छ। त्यसका लागि सम्बन्धित ऐन, नियम तथा प्रक्रियामा सुधारको काम अघि बढाइएको उनले जानकारी दिए।

वाग्लेले कर तिर्ने, रोजगारी सिर्जना गर्ने, पारदर्शी ढंगले व्यवसाय सञ्चालन गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए। यस्तो राजस्व शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार र गरिबी न्यूनीकरणमा लगानी गर्न उपयोग हुने उनको भनाइ थियो।

उनले लगानी प्रवर्द्धन, निजी क्षेत्रमैत्री नीति तथा स्वच्छ व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।

0 Comments