२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

अ+ अ-

काठमाडौँ । सल्यानमा जग खन्ने क्रममा ८६ वटा बम फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा उक्त विस्फोटक सामग्री फेला परेको हो।

वैशाख १६ गते दिउँसो करिब १२: ३५ बजे शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा उत्खननका क्रममा सकेट बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो।

घटना लगत्तै नेपाली सेनाको सिद्धी बक्स गणसँग समन्वय गरी प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

त्यसपछि उप सेनानी कृष्णा क्षेत्रीको नेतृत्वमा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रूपमा १० वटा सकेट बम फेला परेपछि थप विशेषज्ञ टोली झिकाइएको थियो।

मध्यपश्चिम पृतना अन्तर्गत दाङस्थित १९ नम्बर बाहिनीबाट बम डिस्पोजल टोली समेत परिचालन गरिएको थियो। थप उत्खननका क्रममा आज बिहान ११ बजेसम्म कुल ८६ वटा बम फेला परेका छन्।

तीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेको प्रहरीले जनाएको छ। यसका साथै घटनास्थलबाट ७ थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, २ केजी बराबर बम बनाउन प्रयोग हुने सामग्री र १० मिटर फायरिङ केबल समेत बरामद गरिएको छ।

फेला परेका सबै विस्फोटक पदार्थ सुरक्षित रूपमा डिस्पोज गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0 Comments