२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार विपक्षी दलको संयुक्त बैठक भोलि पुनः बस्ने, अध्यादेशविरुद्ध रणनीति जारी

अ+ अ-

काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने चार विपक्षी दलहरूको संयुक्त बैठक भोलि बिहान ११ बजे पुनः बस्ने भएको छ।

बैठक निरन्तरताका लागि सहमति जुटेपछि अर्को चरणको छलफल तय गरिएको हो।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालका अनुसार आज सम्पन्न छलफलपछि भोलि पुनः बैठक सञ्चालन गर्ने निर्णय गरिएको हो।

यसअघि प्रमुख विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेको आह्वानमा चार दलबीच प्रारम्भिक बैठक बसेको थियो। उक्त बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिहरू सहभागी भएका थिए।

बैठकमा सरकारद्वारा संसद् अधिवेशन स्थगन गरी अध्यादेशमार्फत कानुनी प्रक्रिया अघि बढाइएको विषयमा साझा धारणा बनाउँदै ती कदमप्रति कडा असन्तुष्टि जनाइएको छ। विपक्षी दलहरूले यस्तो अभ्यासलाई असंसदीय भन्दै आपत्ति प्रकट गरेका छन्।

संयुक्त छलफलपछि चारै दलले संयुक्त वक्तव्य जारी गरेका छन्। उक्त वक्तव्यमा काँग्रेस संसदीय दलका नेता आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल तथा राप्रपाकी प्रतिनिधि सरस्वती लामाको हस्ताक्षर रहेको छ।

विपक्षी दलहरूले अध्यादेशमार्फत कानुन निर्माण प्रक्रिया अघि बढाइएको कदमप्रति निरन्तर विरोध जनाउँदै आगामी दिनमा साझा रणनीति तय गर्ने तयारी गरिरहेको जनाइएको छ।

0 Comments