काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय राजनीतिक सक्रियता बढाउँदै नेकपा (एमाले) सम्बद्ध जनसंगठनका नेताहरूसँग छलफल गरेकी छन्।
शुक्रबार आयोजित उक्त परामर्शमा आगामी असार १४ गते मनाइने मदन भण्डारीको हिरक जयन्ती कार्यक्रमको तयारी र स्वरूपबारे सुझाव संकलन गरिएको जनाइएको छ।
छलफलमा एमालेका केन्द्रीय सचिव तथा जनसंगठन समन्वयको जिम्मेवारी सम्हालिरहेका भानुभक्त ढकालको पनि सहभागिता रहेको जानकारी प्राप्त भएको छ।







