२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसंकल्प गर्ने अवसर: उपराष्ट्रपति

अ+ अ-

काठमाडौँ, १ वैशाख: उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसंकल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता ल्याउने उल्लेख गरे । उनले नयाँ वर्षले सामाजिक र सांस्कृतिकस्तरमा अपनत्व, सहिष्णुता र भाइचारालाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले यस अवसरमा आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा जलवायु परिवर्तनजस्ता विषयमा एकजुट भई अघि बढ्ने दृढ संकल्प लिन जरुरी रहेको उल्लेख गरे । उनले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरे ।

उनले नववर्षको शुभारम्भसँगै तराई–मधेसका केही क्षेत्र विशेषमा मनाइने ‘सतुवाइन’ ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ पर्व तथा काठमाडौँ उपत्यकामा आयोजना हुने ‘विस्काजात्रा’ (विश्वध्वजपातन) को पनि सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । यी पर्व/जात्राले आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिव्यक्त गर्न सघाउने र यसले सांस्कृतिक विविधता र ऐतिहासिक परम्पराको गौरवलाई पनि उजागर गर्ने उनको भनाइ छ ।

“हाम्रा पर्व/जात्रा/विशेष अवसरले नेपालको मौलिक पहिचानलाई थप बलियो बनाउँदै सामाजिक समरसता र राष्ट्रिय एकतालाई जीवन्त राख्ने कार्यमा योगदान पुर्‍याउँछन्”, उपराष्ट्रपति यादवले भने, “सिरुवा पावनीमा परिवारजनबीचको आत्मीयता र विस्का जात्रामा समुदायगत सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पिँढीदर पिँढी जीवित राख्न सघाउँछ ।”

0 Comments