काठमाडौँ । संघीय संसद् अन्तर्गतका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन एवं मूल्यांकन समितिमा ६ जना सांसद मनोनीत भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार संसद्को संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को व्यवस्था बमोजिम २७ गतेको बैठकले उक्त मनोनयन गरेको हो।
संसदीय सुनुवाइ समितिमा आनन्द प्रसाद ढुंगाना, नर बहादुर विष्ट र प्रेम प्रसाद दंगाल मनोनीत भएका छन्।
त्यसैगरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा किरण बाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र अन्जान शाक्यलाई मनोनीत गरिएको छ।
समितिहरूमा मनोनयनसँगै संसदीय गतिविधि अन्तर्गत सुनुवाइ प्रक्रिया तथा नीति–कार्यक्रम कार्यान्वयनको अनुगमन सम्बन्धी कामलाई अघि बढाउने अपेक्षा गरिएको छ।







