२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र इजरायलसँगको युद्ध सधैंका लागि अन्त्य गर्ने इरानको प्रस्ताव

अ+ अ-

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यले शान्ति प्रस्ताव अघि सारेको छ ।

इरानको सरकारी समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारिएको हो ।

यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई मंगलबारसम्मको समयसीमा दिएका थिए ।

यदि स्ट्रेट अफ होर्मुज खुला नभए इरानका विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाउने चेतावनी ट्रम्पले दिएका थिए । मंगलबारसम्मको म्याद सकिनुभन्दा एक दिन अघि इरानले युद्ध सधैंका लागि अन्त्य गर्ने शान्ति सन्देश दिएको हो ।

अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देशहरूको आदान–प्रदान भएको पुष्टि गरेका थिए । तर उनले तेहरानले अमेरिकाको १५ बुँदे योजना अस्वीकार गरेको बताएका थिए । समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार इरानको १० अनुच्छेदको जवाफमा युद्धविरामको अवधारणालाई ‘विगतका अनुभवहरू’ उल्लेख गर्दै अस्वीकार गरिएको छ ।

यसको सट्टा इरानले आफ्नै सर्तहरूमा दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएको छ ।
एजेन्सीका अनुसार तेहरानले प्रस्तुत गरेको शान्ति सन्देशको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, स्ट्रेट अफ होर्मुज मार्फत सुरक्षित आवागमनको सुनिश्चितता, पुनर्निर्माण र प्रतिबन्धहरू हटाउने व्यवस्था लगायतका विभिन्न मागहरु समेटिएका बीबीसीले जनाएको छ ।