२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

अ+ अ-

सिद्धार्थनगर (भैरहवा) । बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रुपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन् ।

लुम्बिनी इँटा उद्योग व्यवसायी संघका पूर्वअध्यक्ष अजयकुमार गुप्ताका अनुसार गत साताको वर्षाले जिल्लाभर उत्पादित काँचो इँटामा क्षति पुगेको हो । जिल्लामा हाल करिब ३० वटा इँटा उद्योग सञ्चालनमा रहेका लुम्बिनी उद्योग व्यवसायी संघले जनाएको छ ।

“पछिल्लो समय कोइला र डिजेलजस्ता इन्धनको मूल्यवृद्धिले उत्पादन लागत बढिरहेको अवस्थामा वर्षाका कारण करोडौँ मूल्य बराबरको इँटा नष्ट हुँदा उद्योगी थप संकटमा परेका छन्”, गुप्ताले भने । हरेक वर्ष दोहोरिने बेमौसमी वर्षाले उद्योग क्षेत्रलाई दीर्घकालीन असर पार्दै आएको उनको भनाइ छ ।

गणेश इँटा उद्योग रुपन्देहीका व्यवस्थापक गणेश रायमाझीले बेमौसमी वर्षाका कारण जिल्लामा करिब तीन करोडभन्दा बढी काँचो इँटा नष्ट भएको जानकारी दिए। “पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा पानीले भिजेर पूर्ण रूपमा नष्ट भएका छन्”, उनले भने । 

एउटा काँचो इँटाको मूल्य औसत रु सात पर्ने भएकाले कुल क्षति करोडौँ रुपैयाँभन्दा माथि पुगेको रायमाझीले बताए । काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगीले वर्षेनी ठूलो नोक्सानी व्यहोर्नु परेको उनले गुनासो गरे । 

उद्योगीले अन्य उत्पादन क्षेत्रसरह इँटा उद्योगलाई पनि बिमा प्रणालीभित्र समेट्ने नीति ल्याउन सरकारसँग माग गरेका छन् । मौसमजन्य जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ । हिउँदसँगै सुरु हुने इँटा उत्पादन मौसमको अनियमितताले प्रभावित हुँदा यस क्षेत्रको समग्र लगानी र रोजगारीमा समेत असर पर्दै आएको छ ।