काठमाडौँ । सशस्त्र प्रहरी बलअन्तर्गत पशुपतिनाथ बाहिनीमा कार्यरत ११ जना सुरक्षाकर्मीलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा सम्मान गरिएको छ।
२२औँ स्थापना दिवसको अवसरमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले उनीहरूलाई औपचारिक रूपमा पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार प्रदान गर्दा उनीहरूको योगदानलाई संस्थागत अभिलेखमा समावेश गरिएको जनाइएको छ।
पुरस्कृत हुने सुरक्षाकर्मीहरूमा एसएसपी नेत्रबहादुर कार्की, डीएसपी ताराबहादुर केसी, इन्स्पेक्टर मदन अधिकारी, सई पवन पाण्डे, असई भक्तबहादुर केसी, असई झरबहादुर चन्द, वरिष्ठ हवल्दार उत्तम बस्नेत, हवल्दार नवराज लामिछाने, हवल्दार वासुदेव लामिछाने, सहायक हवल्दार राम लामा र जवान किशनकुमार सिंह रहेका छन्।
संगठनले जिम्मेवारी निर्वाहमा देखाएको प्रतिबद्धता र योगदानका आधारमा उनीहरूलाई छनोट गरी सम्मान गरेको हो।







