२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

अ+ अ-

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना ‘एन्टि–ड्रोन’ सैन्य विज्ञ तैनाथ गरिएको जानकारी दिएका छन्। उनले बेलायती संसदलाई सम्बोधन गर्दै युक्रेनले ‘शहेद ड्रोन’को सामना गर्न सक्ने दक्ष जनशक्ति पठाएको बताए ।

उनका अनुसार ती विशेषज्ञ टोलीहरू अहिले संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया मा पुगिसकेका छन् भने कुवेत तर्फ जाने क्रममा छन् । साथै थप ३४ जना विशेषज्ञ पनि पठाउन तयारी अवस्थामा रहेको उनले बताए ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले दैनिक करिब दुई हजार इन्टरसेप्टर ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरिसकेको र त्यसको आधा हिस्सा सहयोगी देशहरूलाई उपलब्ध गराउन सकिने बताए । उनले  समुद्रभित्र सञ्चालन गर्न सकिने ड्रोन तथा महासागरमा काम गर्ने प्रविधि पनि विकास भइरहेको जानकारी दिए ।

यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि ठूलो आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ । इरानले प्रतिकारस्वरूप आक्रमण गरेपछि होर्मुज जलडमरु हुँदै हुने जहाज आवतजावत समेत प्रभावित भएको छ ।

इरानी सांसद इब्राहिम अजीजीले सामाजिक सञ्जालमार्फत युक्रेन अमेरिकी–इजरायली युद्धमा संलग्न भएकाले अब इरानको निशानामा परेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको प्रावधानअनुसार युक्रेनलाई ‘वैध लक्ष्य’ बनाइएको दाबी गरे। क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको छ ।