काठमाडौँ । नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर करण केसीले जापानमा लिग खेल्ने भएका छन्।
जापान क्रिकेट संघले मंगलबार एक पोस्ट साझा गर्दै करणले जापानमा जापान प्रिमियर लिग (जेपीएल) खेल्न लागेको जानकारी दिएको हो।
करण केसीले जेपीएल खेल्ने जानकारी दिए पनि कुन टिमबाट खेल्ने भन्ने कुरा भने अझै सार्वजनिक भइसकेको छैन।
यस प्रतियोगितामा पाँच टोलीले भाग लिनेछन्। जेपीएल आगामी मे २ देखि ५ सम्म हुनेछ।







