२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा भएको सुनुवाइ दोस्रो दिन पनि टुंगोमा पुग्न नसकेपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र परिमार्जन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।

सुनुवाइका क्रममा रिट निवेदक तथा सरकारी पक्षका कानुन व्यवसायीको बहस सम्पन्न भए पनि लामिछानेका तर्फबाट हुने थप बहस र रिट निवेदकको जवाफी बहसका लागि समय नपुगेपछि मुद्दालाई मंगलबारका लागि सारिएको हो।

यसअघि आइतबार महान्यायाधिवक्ता भण्डारी स्वयंले अदालतमा उपस्थित भएर बहस गरेकी थिइन्। सोमबार भने सरकारका तर्फबाट नायब महान्यायाधिवक्ताहरू सञ्जीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली र उद्धवराज पुडासैनीलगायतले कानुनी तर्क प्रस्तुत गरेका थिए।

लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ तथा अधिवक्ता दिपेन्द्र झालगायतले वकालतनामा दर्ता गराएका छन्। समय अभावका कारण बाँकी बहस आगामी दिनमा जारी रहने अदालतले जनाएको छ।