२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यास अभावमा उपभोक्ता र वितरक दुवैतर्फको थुपार्ने मानसिकता जिम्मेवार : सचिव बुर्लाकोटी

अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले बजारमा देखिएको ग्यास अभावमा उपभोक्ता तथा वितरक दुवै पक्षमा रहेको थुपार्ने मानसिकता पनि जिम्मेवार रहेको बताएका छन्।

विश्व उपभोक्ता अधिकार दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्यास आपूर्तिमा ढिलाइ भएको स्वीकार गर्दै विगतमा अनावश्यक रूपमा ग्यास थुपार्ने प्रवृत्तिका कारण अभावको अवस्था देखिएको बताए।

“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सचिव बुर्लाकोटीले उपभोक्ताको अधिकार संरक्षण र बजार व्यवस्थापन सुधारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको जानकारी दिए।

उनले ग्यासलगायत उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि समेत मन्त्रालयले विभिन्न पहल गरिरहेको बताए। बजारमा हुने अनियमितता रोक्न उपभोक्ताले पनि सचेत भएर सूचना दिनुपर्ने उनको भनाइ थियो।

सचिव बुर्लाकोटीले आफूलाई उपभोक्ताबाट महँगो मूल्यमा ग्यास बिक्री भएको गुनासो आएको उदाहरण उल्लेख गर्दै पसलको नाम सार्वजनिक गर्न आग्रह गर्दा गोपनीयताको कारण जानकारी दिन नमिल्ने जवाफ आएको बताए।

उपभोक्ताका अधिकार संरक्षणका लागि नागरिकले पनि सक्रिय रूपमा खबरदारी गर्नुपर्ने उल्लेख गर्दै उनले आफूलाई निरन्तर झक्झक्याइरहन आग्रह गरे। सुझावहरू इमान्दारपूर्वक कार्यान्वयन गर्ने प्रयास रहने उनको भनाइ थियो।

उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत अभियन्ताहरूलाई अब नेतृत्व हस्तान्तरण गर्दै थप प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि सचिव बुर्लाकोटीले उल्लेख गरे।