२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी खर्चपछि बाँकी रकमबाट बेनीमा सेवा केन्द्र सञ्चालन गर्ने महावीर पुनको योजना

अ+ अ-

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुन ले आफ्नो चुनावी अभियानको खर्च विवरण सार्वजनिक गर्दै प्रचारप्रसारपछि बचत भएको रकम जन सेवामा प्रयोग गर्ने योजना सार्वजनिक गरेका छन्।

पुनका अनुसार निर्वाचन अभियानका लागि विभिन्न २७ जना सहयोगीदाताबाट कुल ५६ लाख ३७ हजार ८९३ रुपैयाँ संकलन भएको थियो। ४५ दिनसम्म सञ्चालन गरिएको प्रचारप्रसार अभियानमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र त्यसपछि २७ लाख ६९ हजार २५ रुपैयाँ बैंक खातामा बचत रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले म्याग्दीको भौगोलिक अवस्था दुर्गम भएकाले चुनावी अभियान सञ्चालन गर्न चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन्। झापा वा काठमाडौँजस्ता सहज भौगोलिक क्षेत्रमा छोटो समयमै धेरै स्थान पुग्न सकिने भए पनि म्याग्दीमा त्यस्तो सम्भव नभएको उनको भनाइ छ। प्रचार अभियानका क्रममा १० देखि १६ जनासम्मको टोलीले बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गर्दै जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर मतदातासँग भेटघाट गरेको उनले बताएका छन्।

प्रचार खर्चपछि बाँकी रहेको रकम अब सार्वजनिक सेवामा प्रयोग गरिने पुनले जनाएका छन्। उनका अनुसार उक्त रकमबाट म्याग्दीको सदरमुकाम बेनीमा आगामी पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गरिनेछ।

गाउँबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारणलाई प्रक्रियागत झन्झट कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो सेवा केन्द्र सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्। कार्यालयमा दुई जना कर्मचारी राखिने तथा कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरलगायत आवश्यक उपकरणको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन्।

उक्त कार्यालयमार्फत सदरमुकाम आउने सेवाग्राहीलाई नि:शुल्क रूपमा सामान्य प्रशासनिक सहयोग र सहजीकरण उपलब्ध गराइने पुनको भनाइ छ। उनले चुनावी अभियानका क्रममा मतदातासँग गरिएको प्रतिबद्धता अनुसार नै यो योजना अघि बढाइएको बताएका छन्।