काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित परीक्षाको पुनर्योग नतिजा सार्वजनिक गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै विज्ञापन नं. १७१५४/०८२-८३ (महिला), इन्जिनियरिङ सेवा अन्तर्गत इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल इन्जिनियरिङ उपसमूह, राजपत्राङ्कित प्रथम श्रेणी (प्राविधिक) सहसचिव वा सो सरह पदको लिखित परीक्षाको पुनर्योग नतिजा सार्वजनिक गरिएको जनाएको हो।
आयोगका अनुसार उक्त पुनर्योग नतिजामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएका छैनन्।








