२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन प्रधानमन्त्री कार्कीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी थिइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख सचिव काप्री र पृतनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए । अन्य सहभागीहरुले पनि आ–आफ्नो क्षेत्रको विवरण प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र मिहिन कुराहरुलाई पनि ध्यानमा राखी सुरक्षाको योजनासमेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरुलाई धन्यवाद दिइन् ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइन् । उनले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले जनतामा जान नसक्ने केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन पनि निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिइन् ।

आफ्नो उपस्थिति देखाउन जनजीवनलाई आतंकित पार्ने र रकम असुली ९एक्सटर्सन० गर्ने प्रवृत्ति पनि पाइएको र त्यसलाई समयमै निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।

‘बहिष्कार पनि अहिले सजिलो व्यवसायजस्तो भएको छ । जनतामा जानुपरेन । मत माग्नुपरेन । पार्टीको संगठन बनाउनुपरेन । दुईचार जना मिलेर बहिष्कार भन्दियो,’ प्रधानमन्त्री कार्कीले भनिन्,,‘जनतालाई आतंकित बनायो । चन्दाका नाममा एक्सटर्सन गर्‍यो । यस्तो प्रवृत्ति छ । यसलाई समयमै निरुत्साहित गर्नुपर्छ । राजनीति गर्ने हो भने त जनतामा मत माग्न जानुपर्‍यो नि ।’

उनले थप भनेकी छिन्, ‘अहिले सबै सम्हालिएर संयमित भएर देशलाई निकास दिने गरी निर्वाचन सफल बनाउन लाग्नुपर्ने समय हो । यो देश हाम्रो हो । हामीले नै बनाउनुपर्छ । यही देशमा बाँच्नुपर्छ । त्यसैले जस्तासुकै चुनौती आए पनि हामीले सामना गरेर नै अघि बढ्नुपर्छ । देशको माया हुनेहरु सबैले शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुपर्छ । निर्वाचन सफल बनाउँदै देशलाई निकास दिन लाग्नुपर्छ ।’

निर्वाचन आफैंमा जित–हारको प्रतिस्पर्धा भएकाले सम्भावित झडपप्रति पनि चनाखो हुनुपर्ने उनले बताइन् । प्रधानमन्त्री कार्की नेतृत्वको टोली आजै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न पुगेको थियो ।

टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीले हिजो शुक्रबार मुस्ताङका हिमाली बस्तीको हवाई निरीक्षण गरी मुख्तिनाथ र जोमसोममा अन्तर्क्रिया गरेकी थिइन् ।

मुस्ताङबाट उनी पोखरा पुगेर गण्डकी प्रदेशस्तरीय छलफल गरेकी थिइन् । यसअघि उनले कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ र सुनसरीमा भ्रमण गरी निर्वाचन तयारीको निरीक्षण गरेकी थिइन् ।