२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा ५६६ गैरआवासीय नेपाली नागरिकता जारी

अ+ अ-

काठमाडौँ । पछिल्लो तीन महिनाको अवधिमा ५६६ जनाले गैरआवासीय नेपाली संघ (एनआरएन) नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको कात्तिक १ गतेदेखि पुस मसान्तसम्मको तथ्यांक अनुसार उक्त संख्यामा नागरिकता वितरण भएको हो।

सोही अवधिमा कुल दुई लाख दुई हजार ९५६ वटा विभिन्न प्रकारका नागरिकता प्रमाणपत्र जारी गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ। यसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या एक लाख १९ हजार १२ रहेको छ। त्यस्तै २६ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० पुगेको छ।

नेपालको नेपालको संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधान व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने गरी नागरिकता दिने कानुनी आधार तयार गरिएको हो।

सम्बन्धित संघीय कानुन कार्यान्वयनमा आएपछि मात्र यस्तो नागरिकता वितरण प्रक्रिया सुरु भएको हो। नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक २०८० साल जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनको बाटो खुलेको थियो।

त्यसपश्चात् २०८० असोज ३० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसी लाई नागरिकता प्रदान गर्दै वितरणको औपचारिक सुरुवात गरेका थिए।