२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन: आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

अ+ अ-

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरूले आजबाट घरदैलो अभियान सुरु गरेका छन् । 

प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं.२ मा उम्मेदवारी दिएका मुख्य दलहरूले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् । आज बिहान नेकपा (एमाले), नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरूले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् । 

भक्तपुर क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरुलाई चुनावी माहोलले तताएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनता माझ पुगिरहेका छन् भने भने विकासका एजेण्डा बोकेर उम्मेदवारहरू घरघर टोलटोल पुग्न थालेका हुन् । 

भक्तपुर क्षेत्र नं. २ यस वर्षको निर्वाचनमा निकै चासोको क्षेत्र बनेको छ । नेकपा (एमाले)का सचिव महेश बस्नेतको उम्मेदवारी रहेको यस क्षेत्रको निर्वाचन के हुन्छ भन्नेमा मतदाताबीच अड्कलबाजी गर्न व्यस्त छन् । बस्नेतले यस क्षेत्रबाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । 

यसअघि विसं २०७० को निर्वाचनमा रामेश्वर ढुंगेलसँग पराजित भएका उनी २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना पराजित भएका थिए । साथै २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका महेश बस्नेतले भने २३ हजार २७९  मत ल्याएर बस्नेत पराजित भएका थिए ।  

यसपटकको निर्वाचनमा बस्नेतसँगै नेपाली काँग्रेसको तर्फबाट पत्रकार कबिर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेकपाका दीपशिखा प्रतिस्पर्धामा छन् । 

यस क्षेत्रमा २०४८ सालमा नेपाली काँग्रेसका जगन्नाथ आचार्य, २०५१ सालमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालमा काँग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालमा नेपाली काँग्रेसका रामेश्वर ढुंगेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेतले र २०७९ सालमा नेपाली काँग्रेसका दुर्लभ थापाले निर्वाचित भएका थिए । 

एमालेका बस्नेत संवृद्ध र सुखी भक्तपुरको मुद्दा लिएर अगाडि बढेका छन् । नेपाली काँग्रेसका राणा भक्तपुरको सेरोफेरो विकास गर्ने एजेण्डा बोकेर जनतामाझ गएको बताउँछन् । भक्तपुर क्षेत्र नं. २ मा काँग्रेसको बलियो आधार रहेको, यसअघि पनि तीन पटक काँग्रेस विजयी भइरहेको क्षेत्र भएकाले आफ्नो जितको आधार भएको बताए ।  

चुनावी प्रचारमा तीव्र गतिमा लाग्दै टोलटोल मतदातामाझ पुगेका रास्वपाका उम्मेदवार एवं पत्रकार राजीव खत्री मतदाताले यस पटक नयाँलाई अवसर दिन माग गरेका छन् । उनले भक्तपुरदेखि देशभरको समस्या संसदमा उठाउने र भक्तपुरको विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार भएका रामप्रसाद सापकोटा (दीपशिखा) ले पनि भक्तपुरको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै विभिन्न दलहरूसँगको एकता र मतदाताको विश्वासले यस पटक क्षेत्र नं. २ मा पहिलो पटक आफू निर्वाचित हुने दाबी गर्छन् ।

भक्तपुर क्षेत्र नं. २ मा यसपटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, श्रम संस्कृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादीबाट प्रकाशराज ढुगेंल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे पनि मतदाताको घरदैलोमागएर मत माग्न थालेका छन् । 

यस क्षेत्रबाट सविन महत, प्रदिपकुमार रुपाखेती, आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मी बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।