२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आवको सात महिनामा ४० अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको अवधिमा नेपालमा करिब ४० अर्ब २८ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार उक्त अवधिमा ५२४ परियोजनामार्फत ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो ।

विभागीय तथ्यांकले कुल प्रतिबद्धतामध्ये संख्यात्मक रूपमा साना उद्योगमा लगानी प्रस्ताव उच्च रहेको देखाएको छ । क्षेत्रगत विवरणअनुसार कृषि क्षेत्रका १४ परियोजनामा सबैभन्दा बढी २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका १५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रस्ताव भएको छ भने उत्पादनमूलक ३५ परियोजनामा २ अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबर प्रतिबद्धता आएको छ ।

त्यसैगरी सेवामूलक ३४ परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ तथा सूचना प्रविधि क्षेत्रका २८८ परियोजनामा १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ लगानी प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ । खनिजजन्य क्षेत्रका दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ र ऊर्जा क्षेत्रको एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ प्रतिबद्धता आएको विवरण छ ।

उक्त अवधिमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३ अर्ब २५ करोड रुपैयाँ तथा स्वीकृति मार्ग (अप्रुभल रुट) बाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर लगानी भित्रिएको विभागले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३ अर्ब ५० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्ष माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो ।

माघसम्मको अवधिमा कुल ५२५ वैदेशिक लगानीसम्बन्धी उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ ।