काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले बाबुको पहिचान नखुलेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन सुरु गरेको छ ।
बिहीबार पहिलो दिन २ जनालाई अंगीकृत नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए । उनकाअनुसार कलैया उपमहानगरपालिका-५ की कान्तीदेवी कुर्मीको छोरा सुरत राउत र वडा नम्बर ४ की चन्दकुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।
उनीहरू दुवैलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नागरिकता दिएका हुन् ।
नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ अनुसार उनीहरूलाई नागरिकता प्रदान गरिएको हो ।







