२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपातका कारण मतदान प्रभावित हुन सक्ने भन्दै हुम्लाको नाम्खा गाउँपालिकाद्वारा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन हुम्लाको उत्तरी भेगका लागि व्यवहारिक चुनौतीका रूपमा देखिएको छ।

विशेष गरी नाम्खा गाउँपालिकाले हिमपातका कारण आवागमन अवरुद्ध भएको र मतदाता स्थानान्तरणका कारण मतदान प्रभावित हुन सक्ने भन्दै सरकार तथा निर्वाचन निकायको ध्यानाकर्षण गराएको छ।

गाउँपालिकाले संघीय सरकारलाई पत्राचार गर्दै हिमाली क्षेत्रका प्रमुख लेकहरूमा जमेको हिउँ हटाई सडक सञ्चालनयोग्य बनाउन पहल गर्न अनुरोध गरेको छ। साथै, जिल्ला निर्वाचन कार्यालयलाई छुट्टै पत्र पठाएर निर्धारित मितिमा निर्वाचन सञ्चालन गर्न कठिनाइ हुने अवस्थालाई दृष्टिगत गर्दै मिति पुनर्विचार गर्न आग्रह गरिएको जनाइएको छ।

नाम्खा गाउँपालिका-६ अन्तर्गत पर्ने लिमी क्षेत्रमा ६७२ मतदाता सूचीकृत छन् र तीन मतदान स्थल निर्धारण गरिएको छ। तर, तीमध्ये उल्लेख्य संख्याका मतदाता जाडो मौसमका कारण काठमाडौँ, सुर्खेत तथा भारतलगायतका स्थानमा अस्थायी बसोबासका लागि गएकाले मतदानमा न्यून सहभागिता हुने चिन्ता व्यक्त गरिएको छ। वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी, तिल, जाङ र हल्जी गाउँका धेरैजसो मतदाता हाल जिल्ला बाहिर रहेका छन्।

हिमपातका कारण न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेर सडक सम्पर्क विच्छेद भएको छ। वडानम्बर ५ मा पर्ने नारा लेक क्षेत्रमा पनि आवागमन ठप्प रहेको स्थानीय जनप्रतिनिधिहरूले जनाएका छन्। सीमा सुरक्षा प्रहरी बल, बिओपी हिल्साका इन्चार्ज कृष्ण दाहालका अनुसार नारा लेक क्षेत्रमा ३ देखि ४ फिटसम्म हिउँ जमेको छ र ८ तथा ९ नम्बर सीमा पिलरसम्म अनुगमन गर्नसमेत कठिनाइ भइरहेको अवस्था छ।

यी परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय तहले निर्वाचन सम्पन्न गर्न आवश्यक भौतिक पहुँच सुनिश्चित गर्न वा वैकल्पिक व्यवस्थाबारे निर्णय लिन सम्बन्धित निकायसँग समन्वयको पहल गरेको जनाएको छ।