२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा मतदाता शिक्षाका लागि ८१ वडामा स्वयंसेवक परिचालन गर्ने तयारी

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै बाँके जिल्लामा मतदातालाई सही तरिकाले मतदान गर्ने प्रक्रिया बुझाउन तथा मतदानमा सहभागी हुन प्रोत्साहित गर्न संरचित मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्लाका सबै आठ स्थानीय तहमा अधिकृतस्तरका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिएको छ। ती कर्मचारीमार्फत कार्यक्रमलाई स्थानीय तहसम्म व्यवस्थित रूपमा विस्तार गर्ने कार्य अघि बढाइएको उनले जानकारी दिए।

मतदाता शिक्षालाई वडा तहसम्म पुर्‍याउने उद्देश्यले जिल्लाका ८१ वटै वडामा एक-एक जना गरी ८१ स्वयंसेवक परिचालन गर्ने योजना बनाइएको छ। यसका लागि स्थानीय तहलाई आवश्यक पत्राचार गरिसकिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार तोकिएका सम्पर्क व्यक्तिलाई प्रारम्भिक तालिम प्रदान गरिनेछ।

उनीहरूले पुनः आ-आफ्नो क्षेत्रका वडामा छनोट गरिएका स्वयंसेवकलाई प्रशिक्षण दिनेछन्। यस बहुस्तरीय तालिम प्रणालीमार्फत गाउँ र टोल तहसम्म मतदाता शिक्षा विस्तार गर्ने लक्ष्य राखिएको छ।

बाँकेमा तीन निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा कुल मतदाता संख्या ३ लाख ५० हजार ३७१ रहेको छ। मतदान व्यवस्थापनका लागि १३९ मतदान केन्द्रअन्तर्गत ४०० मतदान स्थल निर्धारण गरिएका छन्।

यस पटक बदर मतको संख्या न्यूनतम राख्ने उद्देश्यसहित मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसबाट अघिल्ला निर्वाचनको तुलनामा बदर मत उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

यसैबीच, नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विशेषतः ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षालाई औपचारिकतामा सीमित नराखी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।