काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी सिन्धुली-२ का उम्मेदवार राजन दाहालले टिकट विवादमा आफूले पार्टीले गरेको संस्थागत निर्णय कार्यान्वयन गरेको बताएका छन्।
काठमाडौँमा पत्रकार सम्मेलनमा बोल्दै टिकट टुंगीएको दिनसम्म पनि हरिबोल गजुरेलसँग आफूले चार घण्टा छलफल गरेको बताए।
तर जवाफमा गजुरेलले अध्यक्षसँग बसेर लिखित सहमति गर्नुपर्ने बताएको सुनाए। उनले पार्टीले महेश्वर दाहाललाई टिकट दिएको भए पनि आफू स्वीकार्ने सन्देश दिएको बताए।
उनले पार्टीले गरेको निर्णय अनुसार जिम्मेवारी वहन गर्नु के अपराध हो ? भन्दै प्रश्न गरेका छन्। पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दर्ता गराएपछि नेकपाले हरिबोल गजुरेल र महेश्वर दाहाललाई पार्टीबाट निष्कासन गरिसकेको छ।







