२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको प्रारम्भिक निर्वाचन प्रक्रियामाथि राणाको प्रश्न, शुल्क फिर्ता गर्न माग

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशमशेर राणाले पार्टीभित्र उम्मेदवार छनोटका लागि अपनाइएको प्रारम्भिक निर्वाचन प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन नभएको आरोप लगाएका छन्। उनका अनुसार उक्त प्रक्रिया व्यवहारमा लागू नहुँदा त्यसलाई मिडिया केन्द्रित गतिविधिको रूपमा मात्र प्रयोग गरिएको छ।

यसअघि काठमाडौँ-५ बाट उम्मेदवार बनेका र यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको आधारमा उम्मेदवार चयन नगरिएकाले आफूले बुझाएको शुल्क फिर्ता हुनुपर्ने माग अघि सारेका छन्। उनले पार्टीले तोकेको विधि अवलम्बन नगरी निर्णय गरिएको भन्दै भिडियो सन्देशमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।

रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूका लागि प्रति व्यक्ति २५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो। पार्टीको पृष्ठभूमिबाट आएका उम्मेदवार आकांक्षीहरूले सोही व्यवस्था अनुसार आवेदन दिएका थिए। यद्यपि, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाह पक्षसँग एकता भएपछि प्रारम्भिक मतदान प्रक्रियामा सहभागी नभएकाहरू पनि उम्मेदवार बनेको राणाको भनाइ छ।

उनका अनुसार उम्मेदवार मनोनयन दर्ताको तोकिएको समयसीमा माघ ६ गतेसम्म पनि पार्टीले उम्मेदवार टुंग्याउने स्पष्ट व्यवस्था कायम राखेको थियो। विगतमा अन्य दलबाट आएका केही व्यक्तिलाई विधि लागु नगरी टिकट दिइएको उदाहरण दिँदै राणाले पार्टी पृष्ठभूमिका आकांक्षीहरूमा समेत तोकिएको प्रक्रिया लागू नगरिनु असंगत भएको बताए।

राणाले प्रारम्भिक निर्वाचनबाट प्राप्त मत नै निर्णायक हुनुपर्नेमा पार्टीले ५० प्रतिशत मात्र मतभार तोक्नु र स्पष्ट तथा उपयुक्त विधि नबनाउनु कमजोरी भएको निष्कर्ष निकालेका छन्। उनका अनुसार निर्वाचन आयोगमा बुझाइएको विधानअनुसार उम्मेदवार छनोट नभई त्यसको विपरीत अभ्यास गरिएको छ।

उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राणाले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति र अनुशासनहीन अभ्यास देखिएको आरोपसमेत लगाएका छन्।