२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनको परिणाम स्वीकार्य, तर असंवैधानिक चलखेल अस्वीकार्य’ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनबाट आउने जनमतलाई स्वीकार गर्ने स्पष्ट धारणा व्यक्त गर्दै त्यसको आडमा कुनै पनि प्रकारको दबाब, धम्की वा असंवैधानिक अभ्यास स्वीकार्य नहुने बताएका छन्। उनले राजनीतिक दलहरूबीच जस्तोसुकै गठबन्धन बने पनि अन्तिम निर्णय मतदाताबाटै हुने उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले वर्तमान राजनीतिक अवस्थालाई निर्णायक मोडको रूपमा चित्रण गरेका छन्। उनका अनुसार देश गहिरो परिवर्तनको चरणमा प्रवेश गरिसकेको छ र त्यसलाई रोक्ने प्रयास सफल नहुने संकेत उनले दिएका छन्। उनले पुराना राजनीतिक शक्तिहरूलाई खुलेआम वा गोप्य रूपमा जस्तोसुकै गठबन्धन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै त्यसको परीक्षण निर्वाचनमार्फत हुने बताएका छन्।

लामिछानेले निर्वाचन परिणाम स्वीकार गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै जनआन्दोलन र मतदाताको चाहनाबाट विस्थापित भइसकेको पुरानो संसदीय संरचनालाई पुन:स्थापित गर्न खोजिने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पारे। उनका अनुसार यस्ता गतिविधि षड्यन्त्रपूर्ण, दबाबमूलक वा धम्कीका माध्यमबाट अघि बढाइए पनि स्वीकार गरिने छैन।

उनले आगामी फागुन २१ गतेलाई साधारण निर्वाचन मितिभन्दा फरक अर्थ बोकेको दिनका रूपमा व्याख्या गर्दै त्यस दिनपछि बन्ने संसद् नयाँ राजनीतिक अभ्यासको प्रतिनिधि हुनुपर्ने धारणा राखेका छन्। उनका अनुसार सत्तापक्षसँगै प्रतिपक्षसमेत नयाँ सोच र पात्रद्वारा प्रतिनिधित्व हुनु आवश्यक छ।